रौतहटको सदरमुकाम गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । चार बालिका पौडी खेल्दै बाँच्न सफल भएका छन् । मृत्यु हुनेमा ईन्दल बैठाको छोरी बर्ष १३ की आस्था कुमारी बैठा, नवल यादवको बर्ष १५ की छोरी रजनी कुमारी यादव, रुपा बैठाकी छोरी बर्ष १५ की मौसमी कुमारी बैठा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी राजु कार्कीले जानकारी दिनु भयो ।

राजदेवी नगरपालिका–८ लक्ष्मीपुर टोलका सात जना बालिकाहरू बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरिँदै जाँदा उनीहरू डुबेर बेपत्ता भएका थिए। उक्त सात बालिकामध्ये चार जना सकुशल तैरिन सफल भएका थिए भने तीन जना पानीमा डुबेर बेपत्ता भएका थिए। डुबेर बेपता भएकी तीनै जना बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। अस्पतालका चिकित्सकले तिनै जनालाई मृत घोषणा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय