शहीद स्मारक प्रकृति प्रतिष्ठान (त्रिभुवन पार्क) ले आफ्नो पहिचान गुमाउँदै गएको भन्दै त्रिभुवन पार्क संरक्षण तथा समन्वय समितिले चन्द्रागिरि नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । पार्कको अस्तित्व मेटिने गरी पार्टी प्यालेस, थ्रीडी हल, पसल, प्रहरी कार्यालयलगायतलाई भाडामा लगाउने काम भएको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्नको लागि नगर प्रमुख घनश्याम गिरीलाई समितिले ज्ञापन पत्र बुझाएको हो । कार्यक्रममा प्रदेश सांसद, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।






