नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको महाधिबेशनको मिति दशैं अघि तय गरिने बताउनुभएको छ । चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले दशैं अघि वस्ने केन्द्रीय समितिको वैठकले यो कार्यकाल कति अबधि वढाउने र त्यो अबधिभित्र कार्यतालिका सहित महाधिबेशनको तिथि तोक्ने बिषयमा सहमती भएको बताउनुभयो । नेपाली काँग्रेसको बिधानले कुनै पनि सभापतिको जिम्मेवारी दुई कार्यकाल भन्दा बढि नहुने कुरामा पार्टीका सभापति र आँफुहरु प्रतिवद्ध रहेको उहाँले बताउनुभयो । पार्टीलाई प्रगतिशिल वनाउने कुरामा समिति वनाएर काम हुने भन्दै उहाँले पार्टी भित्र थिति वसाल्ने कुरामा सबै एक भएको उहाँको भनाई थियो । पत्रकारहरुको प्रश्नमा उहाँले आँफु कसैले खनेको बाटो नभई पार्टीभित्र आँफैले बाटो तय गर्दै अघि वढेको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर वनेको सरकारबाट आम नागरिकले प्राप्त गर्नुपर्ने लाभ दिलाउन अझै नसकिएको बताउनुभयो । सरकारको दोस र जसको भागेदार दुबै पार्टी रहेको भन्दै उहाँले सुरुका महिनामा लिईएको गति बिचमा अल्मलिएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय