काठमाडौं । सक्रिय राजनीतिमा फर्कने घोषणा गर्नुभएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्नुहुने भएको छ । दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरी भण्डारीले आफ्नो धारणा सार्वजनिक गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
गत मंगलबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको थियो । पार्टीको निर्णयमा तीन नेताले असहमति जनाएका थिए । आफू पछाडि नहट्ने अडान लिनुभएकी भण्डारीले आज यसै विषयमा आफ्नो धारणा प्रष्ट पार्ने बताइएको छ ।






