पाल्पा — पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वर असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको निधन भएको छ।

सर्वोत्तम सिमेन्टको खानी नजिकै १५० मिटर तल लु १ ज २३७७ नम्बरको जिप खस्दा दिपेन्द्र बुढा, चेतबहादुर बिक र जनक रेगामीको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सरोज बुढा र रन्जन रेस्मी घाइते भएका छन्।डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमाय भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय