पाल्पाको तानसेनमा उपभोग्य मिति सकिएका सामाग्रीहरु बिक्री हुने गरेको फेला परेको छ । तानसेन बजारमा गरिएको अनुगमनको क्रममा अधिकाशं किराना पसलमा राखिएका विस्कुट चिउरा चकलेट मिटमसला चियापक्ति लगायतका सामाग्रीको उपभोग्य मिति सकिएको फेला परेको हो । त्यस्तै पसलहरु दर्ता नभएको, मुल्य सूची नराखी मनपरी दररेटमा सरसमान विक्रि हुदै आएको, तराजु ठिक नभएको, दर्ता भएका पसलहरु पनि लामो समय सम्म नविकरण नभएको समेत फेला परेको छ ।

अनुगमनमा सर्वसाधरण हिड्ने सडकपेटीमा सरसमान राखी व्यापार गरेको, गुणस्तरहीन बस्तुहरु विक्रि गर्दै आएको भेटिएपछि अनुगमन टोलीले सचेत गराएको छ । टोलीले मखनटोल, सिल्खानटोल र विशालबजार टक्सार टोलका किराना र खाद्यान्न लगायतका पसलमा अनुगमन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय