क्षुद्रग्रहहरू अर्थातएस्टेरोइड विगत केही महिनादेखि लगातार पृथ्वीतर्फ गुज्रिरहेका छन् । क्षुद्रग्रहहरू खनिज र ढुङ्गाहरूबाट बनेका चट्टानहरू नै हुन् । यी आकारमा ५० फिटदेखि ५०० फिटसम्म ठूला हुन सक्ने अनुमान गरिएको छ। क्षुद्रग्रहहरू निरन्तर सूर्यको वरिपरि घुम्छन्, तर तिनीहरूलाई ग्रहहरूको रूपमा वर्गीकृत भने गरिएको छैन् ।
यी आकाशीय पिण्डहरू आजका दिनमा सबैभन्दा धेरै ट्र्याक गरिएका छन् । पछिल्ला केही दिनमा क्षुद्रग्रह पृथ्वीको धेरै नजिकबाट गुज्रिरहेका छन् । जब कुनै क्षुद्रग्रह पृथ्वीको दिशामा अघि सर्छ, नासाले त्यसलाई ट्र्याक गर्ने गर्छ । बुधबार पनि नासाले पृथ्वीको नजिकबाट गुज्रिरहेका धेरै क्षुद्रग्रहहरूको लागि अलर्ट जारी गरेको छ ।



अमेरिकी अन्तरिक्ष अन्वेषण एजेन्सी नासाले एस्टेरोइड ट्र्याकिङका लागि जेट प्रोपल्सन प्रयोगशालाको स्थापना गरेको छ । यसले क्षुद्रग्रहको निगरानी गर्ने गर्छ । बुधबार पृथ्वीतर्फ आउँदै गरेको क्षुद्रग्रहलाई लिएर नासाले अलर्ट जारी गरिएको छ । विहिबार पनि २ वटा क्षुद्रग्रह पृथ्वीको नजिकैबाट गुज्रिरहेका छन् ।
जेपीएलका अनुसार बुधबार २०१२ केपी २४ क्षुद्रग्रह पृथ्वीको नजिक आउँदैछ । यो ५८ फिटको चट्टानको टुक्रा हो जुन घर जत्तिकै ठूलो आकारको रहेका छ ।सन् २०१२ को केपी२४ क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा हुँदा यसको दूरी यहाँबाट ३,९४०,००० किलोमिटर मात्र हुनेछ, जुन एकदमै छोटो दूरी मानिएको छ ।
यस चट्टानको टुक्राको लागि अन्तरिक्ष वैज्ञानिकहरू बुधबार अलर्टमा रहेका छन् । यस बाहेक विहिबार पृथ्वीतर्फ थप २ वटा क्षुद्रग्रह सर्दैछन् । यी मध्ये एउटाको नाम २०२३ केइ ५ एस्टिरोइड राखिएको छ ।यो ७७ फिट अग्लो आकाशीय पिण्ड हो जुन ठूलो हवाईजहाज जत्तिकै ठूलो आकारको रहेका छ । यसले पृथ्वीबाट २ लाख ६० हजार किलोमिटर अर्थात् २२ लाख किलोमिटरको दुरी पार गर्ने अनुमान गरिएको ।
खतरा यहीं टुङ्गिने छैन । विहिबारअर्थात जुन १, २०२३ मा जेएम १ नामक क्षुद्रग्रह पनि पृथ्वीतर्फ आउन लागेको नाशाले जनाएको छ । यसको साइज भने ७२ फिट रहेको छ ।यी दुवै क्षुद्रग्रह हवाइजहाज जत्तिकै ठूला रहेकाछन् । २०२३ जेएम १ नामको क्षुद्रग्रह पृथ्वीको सबैभन्दा नजिक आउँदा यसको दूरी ३,८७०,००० किलोमिटर रहेको बताइएको छ ।
यदि यी मध्ये कुनै पनि क्षुद्रग्रह पृथ्वीसँग ठोक्किएमा पृथ्वीमा ठूलो विपत्ति आउने पक्का छ। यद्यपि नासाले हालसम्म त्यस्तो कुनै खतराको चेतावनी भनेजारी गरेको छैन् ।अझै पनि, अन्तरिक्ष वैज्ञानिकहरू क्षुद्रग्रहहरुले कुनै नोक्सान गर्दैनन् भनेर ढुक्क बस्न नसकिने बताएका छन् किनकि तिनीहरूले कुनै पनि समय आफ्नो दिशा परिवर्तन गर्न सक्छन् ।



