काठमाडौं । नेपाल एक खेल अगावै २० वर्ष मुनिको पुरुष साफ च्याम्पियनसीप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बंगालादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमीफाइनलमा पुगेको हो ।
सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बंगालादेशले श्रीलंकालाई २–० गोलअन्तरले पराजित गरेको हो । बंगलादेशको जीतमा मिराजुल इस्लाम र पिएस अहमद नोभाले एक÷एक गोल गरेका थिए । लगातार दुई खेलमा हार व्यहोरेसँगै श्रीलंका प्रतियोगिताबार्ट बाहिरएको छ । पहिलो खेलमा श्रीलंका नेपालसँग पराजित भएको थियो । साफ यू–२० च्याम्पियनसीपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हँुदैछ ।



पहिलो खेलमा भारतले भुटानलाई १–० ले पराजित गरेको थियो ।



