नेपाली कांग्रेसका पूर्वसभापति र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। उनी मंगलबार राति सिंगापुर एयरलाइन्समार्फत त्यहाँ पुगेको सचिवालयले जनाएको छ।
स्रोतका अनुसार, यो यात्रा अकस्मात स्वास्थ्य उपचारको आवश्यकता परेको कारणले गरिएको हो। देउवा सँगै उनको स्वकीय सचिव भानु देउवा पनि सिंगापुर गएका छन्, भने उनकी पत्नी आरजु राणा देउवा नेपालमै रहँदै छिन्। सचिवालयले भने अनुसार, देउवा फागुन १९ गते फर्कने योजना बनाएका छन्। फर्किएपछि उनी डडेल्धुरा पनि भ्रमण गर्न सक्ने सम्भावना रहेको बताइएको छ।






