नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रकालागि खतरा भएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपाल दाङले आज दाङको घोराहीमाखगरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्ने टिप्पणी गर्नुभयो ।

झपूर्वराष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो ।ञ महासचिव पोखरेलले भन्नुभयो झउहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनाश्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।ञ माओवादीले पूर्वउपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाई छ । माओवादीले लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने बताउनुभयो । झमाओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती गर्‍यो ।ञ पोखरेलले भन्नुभयो झमाओवादीलाई एमाले र काँग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ ।ञ महासचिव पोखरेलले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय