पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनको अवलोकनका लागि नयाँ बानेश्वर पुगेकी छन्। भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा प्रदर्शनकारीले संसद भवनमा आगजनी गरी भवनको ठूलो भाग क्षतिग्रस्त बनाएका थिए। आगजनीपछि बनेको अवस्थाबारे जानकारी लिन भण्डारी आज संसद भवन पुगेकी हुन्।

भण्डारीलाई स्वागत गर्न सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल समेत संसद परिसरमा उपस्थित भएका थिए। निरीक्षणका क्रममा भण्डारीले क्षतिग्रस्त संरचना, कामको प्रगति र पुनर्निर्माणसम्बन्धी विवरणबारे जानकारी लिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय