पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका छन् । देवचुली नगरपालिका–१३ मा रहेको वनमा मृगहरु मृत फेला परेका हुन् । एकैपटक ठूलो संख्यामा मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अगाडि बढाएको छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार शुक्रबार मृत भेटिएका मृगहरुको पोस्टमार्टम गरी नमूना संकलन गरिएको छ । ती नमूना राट्रिय विधि विज्ञान प्रयोगशाला ललितपुरमा पठाउने तयारी छ । पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारण खुल्ने निकुञ्जका सूचना अधिकारी थापामगरले बताउनुभयो । यसभन्दा अघि यति ठूलो संख्यामा मृगहरु मृत फेला परेका थिएनन् । थापालो अनुसन्धान गरी दोषी पत्ता लगाएर कारबाही अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय