काठमाडौं — पूर्व गृहमन्त्री रमेश लेखकको बयान मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार दिउँसोदेखि बयान जारी छ। लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट थप पाँच दिनको म्याद दिइएको थियो। यो प्रकरण भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित छ। आन्दोलनका क्रममा तत्कालीन गृहमन्त्रीको हैसियतमा लेखकले गरेको कामकारबाहीबारे प्रश्न उठेको थियो।

सरकारले गठन गरेको जाँचबुझ आयोगले लेखकलाई अनुसन्धानका लागि सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित लेखक पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय