पूर्व सांसद गंगा थारु आफ्नै गाउँमा कुटिनु भएकाे छ । बाटो सम्वन्धि विवादको क्रममा उहाँ माथि उहाँकै गाउँले महिलाहरुले कुटपिट गरेका हुन् ।दाङको राप्ती गाउँपालिका–७, छोट्की सिसहनियाँमा छलफलको क्रममा थारु एक महिला माथि जाई लागे पछि पूर्व सांसद थारु माथि अन्य महिलाले लछारपछार गर्दै कुटपिट गरेको स्रोतले ईलाका प्रहरी कार्यालय सिसहनियाँले जनाएकाे छ ।

सोही ठाउँका जानकी चौधरी, गायित्री चौधरी, चन्द्रमति चौधरी, सरस्वती चौधरी, अञ्जु चौधरी, छेदु चौधरी र राजकुमार चौधरीले आफुलाई लछारपछार गरेको आरोप उहाँले लगाउनु भएकाे छ । आफू माथि हातपात गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै मुद्धा दर्ता गर्ने चेतावनी पूर्व सांसद चौधरीले दिनु भएकाे छ ।

गंगाले भन्नुभयाे, ’माओवादी कार्यकर्ताले कुटेका हुन्, मैले चिनेको छु सबैलाई, बाटोमा समस्या समाधान गर्न गएकी थिएँ, घुँडामा चोट लागेको छ, मंगलसुत्र लुटेर लगेका छन्, प्रहरीले भोलि छलफलका लागि इलाका प्रहरी कार्यालय सिसहनियाँमा बोलाएको छ । अवस्था हेरेर कानुनी प्रकृया अगाडी बढाउँछु उहाँले भन्नुभयाे ।’ यता गंगा थारुलाई हातपात तथा लछारपछार गर्ने महिलाहरुले भने पहिला गंगाले नै गायित्री चौधरीलाई थप्पड हानेपछि आफुहरुले हातपात गरेको बताएका छन् । जग्गाको सिमाना विवादमा गंगा र छिमेकी बीच विवाद भएको थियो । सांसद बन्नकै लागि कहिले थरुहट पार्टी त कहिले एमाले पार्टीमा पुग्ने उहाँ अहिले राजावादी आन्दोलनमा सक्रिय रहनु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय