पृथ्वीराजमार्ग आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएको छ । राजमार्गमा पर्ने पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलको ‘ग्रीडर लन्चिङ’कार्य शुरु हुने भएकाले सडक बन्द हुने भएको हो । मुग्लिन(पोखरा सडक योजना पश्चिम खण्डले विहान ६ देखि ८ बजेसम्म र मध्यान्ह १२ देखि दिउँसो २ बजेसम्म सडक बन्द हुने जनाएको छ । दैनिक चार घण्टा सडक पूर्णरआंशिक रूपमा बन्द रहने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ । मुग्लिन(पोखरा सडक योजनाले दुई पाङ्ग्रे तथा साना सवारी साधनका लागि बुढीबजारबाट बेलचौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । ठूला सवारीका लागि लेखनाथको पावरहाउसचोकदेखि बागमारा हुँदै बिरौट आउने(जाने दुई तर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ ।

मुग्लिङ(पोखरा सडकलाई दुई खण्डमा विभाजन गरी योजनाको काम भइरहेको छ । जामुनेदेखी आँबुखैरेनीसम्मको पूर्वी खण्डमा अधिकांश काम सकिएपनि पोखरादेखी जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक प्रगति भएको छ । यस खण्डको ३८ दशमलव ८८ किमीमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय