नेकपा एमालेका अध्यक्ष केपी ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताएका छन् । शनिवार मध्यपहाडी पुष्पलाल लोकमार्ग अभियानका क्रममा गोरखामा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विमानस्थल चलाउन पाउँदैनौ भनेर कुनै शक्तिले भन्न नसक्ने बताउँदै कुनै पनि हालतमा विमानस्थल सञ्चालन हुनुपर्ने बताएका हुन् ।
चीनलाई पर्यटक ल्याउन आग्रह गरे वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउन सक्ने भन्दै उनले विमानस्थल सञ्चालनमा जोड दिन सरकारलाई आग्रह समेत गरे । अध्यक्ष ओलीले सरकारले सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने ल्याकत राख्नुपर्ने पनि बताए ।



अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको टिप्पणीसमेत गरे । उनले विकासमा कुनै पनि नेपाली भूभागलाई पछि पार्न नहुने स्पष्ट पारे ।



