पोखराको पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनको मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजे सकिएको हो । निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलका अनुसार कुल २ हजार ८ सय ९७ मत खसेको छ । उक्त मतगणना भने सर्वपक्षीय बैठकपछि सुरु गरिने बताइएको छ । गत चैत ५ र ६ गते दुईपटक स्थगित भएको निर्वाचन आज भएको हो। त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि निर्वाचन तोके पनि मतपत्रमा त्रुटि देखिएपछि मतदान हुन सकेको थिएन । क्याम्पसमा ९ हजार २७० विद्यार्थी मतदाता छन् । स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्। क्याम्पसमामा १६ वर्षपछि स्ववियु निर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय