सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। मंगलबार अरविन्द चौधरीको पोखरीमा नुहाउने क्रममा ७ वर्षीया सुस्तिका चौधरी र ११ वर्षीया आशिकी चौधरीको ज्यान गएको हो।
उनीहरूसँगै नुहाउन गएका ८ वर्षीया प्रियान्सु चौधरी भने सकुशल छन्। प्रियान्सुले खबर गरेपछि खोजी गर्दा दुबै बालिकाको शव फेला परेको हो। शव परीक्षणका लागि अस्पताल पठाइएको छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






