काठमाडौं । भोजपुरको पौवादुङ गाउँपालिकाले गड्यौला मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला विकास बोर्डमार्फत उपाध्यक्ष आत्मनिर्भर कार्यक्रमअन्तर्गत गड्यौला मल उत्पादन सुरु गरिएको हो ।



गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले पालिकाको सबै वडाका १९ जना महिला समूहका स्थानीय महिलालाई आत्मनिर्भर, उद्यमशील बनाई जैविक खेती प्रणालीलाई जोड दिने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष किरण राईले महिला समूहले उत्पादन गरेको गड्यौला मल गाउँपालिकाले नै खरिद गरेर अन्य किसानलाई ५० प्रतिशतमा वितरण गर्दै आएको जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले किसानले उत्पादन गरेको गड्याँैला मल प्रतिकेजी २२ रुपैयाँमा गाउँपालिकाले नै खरिद गरी अन्य किसानलाई मागको आधारमा अनुदानमा वितरण गर्दै आएको बताउनु भयो ।



