काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्यनिरूपण तथा मेलमिलाप आयोग (टीआरसी)को विषय टुंगोमा पुर्‍याउन सदन, सरकार र सडकबाट दबाब दिनुपर्ने भन्दै सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

नेपाल वार एसोसिएसनद्वारा आयोजित शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रममा बोल्दै प्रचण्डले, टीआरसीलाई टुंग्याउन पीडित र सरोकारवालाहरूले सडकबाट दबाब नदिए अर्को १८ वर्षसम्म पनि यो प्रक्रिया लम्बिन सक्ने दाबी गर्नुभयो। उहाँले शान्ति प्रक्रियाका बाँकी कामहरू राजनीतिक अड्चनका कारण अड्किएको उल्लेख गर्नुभयो।

“कतिपयले शान्ति प्रक्रियालाई व्यवसायिकरण गरेका छन् भने कतिपयले माओवादीलाई दबाउने अस्त्रको रूपमा प्रयोग गरेका छन्,” प्रचण्डले भन्नुभयो। साथै, उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरी टीआरसीको प्रक्रिया अघि बढाउन दबाब दिने बताउनुभयो।

कार्यक्रममा प्रचण्डले पीडितहरूलाई संगठित भई सडकबाट दबाब दिन आग्रह गर्दै मात्र सदन र सरकारले दायित्व पूरा गर्ने उल्लेख गर्नुभयो। शान्ति प्रक्रियाको निष्कर्षमा पुग्न सबै पक्षको सहकार्य र दबाब आवश्यक रहेको उहाँको तर्क छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय