रुपन्देही, नेपालका पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओमसतिया गाउँपालिकामा विशेष सम्मान दिइएको छ। प्रचण्डलाई आज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष र ओम सतिया गाउँपालिका वडा नं. ६ का अध्यक्ष शिवकुमार धवलको नेतृत्वमा ७१ किलोको फूलको माला लगाइयो। यो माला प्रचण्डको उमेरको बराबरीको थियो।

माओवादी नेता देवेन्द्र पाण्डेले यस माला लगाउने कार्यक्रमको जानकारी दिएका छन्। प्रचण्ड आज रुपन्देहीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन आएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय