नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नी सापकोटाले प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउन देशीविदेशी शक्तिहरु लागि परेको बताएका छन् । वीरगन्जमा आइतबार प्रेस सेन्टर नेपाल पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले अहिले सरकार फेरबदलको सम्भावनापनि नरहेको उनले दाबी पनि गरे ।मुख्य सत्ताघटक नेपाली कांग्रेसको नेतृत्वले पनि सरकार फेरबदल गर्न नचाहेको सापकोटाको भनाई थियो ।

उनले भने,‘ कांग्रेस सभापति शेरबहादुर देउवा आफैंले कांग्रेस केन्द्रीय समितिको बैठकमै यो गठबन्धन लामो समय जाने भनेर भनिसक्नु भएको छ । त्यसकारण गठबन्धनमा कुनै समस्या छैन ।’ उनले अहिले जनतालेपनि सरकार परिवर्तन नचाहेकोले तत्काल सरकार फेरबदलको कुनै संभावना नै नरहेको दोहो¥याए ।

उनले बर्तमान सत्तागठबन्धनमा कुनै दरार नरहेको जिकिरपनि गरे । सापकोटाले माओवादी केन्द्र र एमालेकाबिचमा कुनै तालमेल वा एकता हुने संभावना अहिले नरहेकोपनि स्पष्ट पारे ।सापकोटाले माओवादीका पक्षमा पछिल्लो दिनमा जनताको विश्वास बढ्दै गइरहेको दावीपनि गरे ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सचिव एंव मधेस प्रदेश इन्चार्ज लीलामणी पोखरेलले माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानले मधेसमा धेरै परिवर्तन भएको दाबी गरे ।प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकोटा, पूर्वमन्त्रीहरु अजय शंकर नायक, महेन्द्र पासवान लगायतकोपनि उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय