तिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै विरोध जनाएका छन् । प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षी सांसदहरूले विरोध गरेपछि डोलप्रसाद अर्याल ले पहिलो बैठक स्थगित गरेका थिए ।
पछि पुनः बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर नाराबाजी जारी राखेका छन् । विरोधकै बीच सभामुखले बैठक सञ्चालन अगाडि बढाएका हुन् ।



विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिमा प्रश्नोत्तर हुनुपर्ने माग राख्दै संसद्मा दबाब बढाइरहेका छन् । संसद् भवनभित्र नाराबाजी जारी रहेकाले प्रतिनिधिसभाको बैठक तनावपूर्ण बनेको छ ।



