प्रतिनिधिसभाको बैठक पुनः स्थगित भएको छ। सभामुखले बैठक भोलि शुक्रबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेका हुन्। आज दिउँसो ३ बजेका लागि तय भएको बैठक सुरुमा साढे ५ बजेसम्मका लागि सारिएको थियो। तोकिएको समयभन्दा करिब सवा एक घण्टा ढिलो गरी सुरु भएको बैठक प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण स्थगित भएको हो।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएका छन्। यसै कारणले गर्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ।






