प्रतिनिधि सभा निर्वाचन नजिकिँद‌ गर्दा नेपाल प्रहरीले सीमा क्षेत्रमा गस्ति सुरू गरेको छ । चीनको सीमासँग जोडिएको नाम्खा गाउँपालिका(६ को लिमी लाप्चामा पैदल गस्ती गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी सहायक निरीक्षक मञ्जुल खडकाको कमाण्डमा ७ जनाको टोली नाम्खा गाउँपालिका ५ र ६ वस्तुस्थिति बुझ्न पैदल गस्ती सुरू गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

हिल्सा नाका हुँदै नेपाल प्रहरी लिमि लाप्चा गस्तिमा पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर खड्काले जानकारी दिनुभयो । दुर्गम क्षेत्रको वस्तुस्थिति बुझ्न टोली पैदल गस्तीमा खटिएको डिएसपी खड्काले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय