प्रतिपक्षी दलहरूको अवरोधका बीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ । बैठकमा विपक्षी दलहरूले निरन्तर अवरोध गरे पनि डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्दै विधेयक अघि बढाएका थिए ।

सभामुख अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ प्रतिनिधिसभाको अंग बनेको’ घोषणा गरेका थिए । त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । लगत्तै सभामुखले विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रतिनिधिसभाबाट विधेयक पारित भएको हो । विपक्षी दलहरूको नाराबाजी र अवरोधबीच पनि बैठक सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय