काठमाडौंं । प्रधानमन्त्री बालेन शाहले हालै प्रतिनिधि सभामा नेपाल–भारत सीमा विवाद सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै चन्द्रागिरि नगरका पाँच वामपन्थी घटकहरूले संयुक्त रूपमा विरोध जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई राष्ट्रिय भावना र राष्ट्रिय स्वाधीनताविपरीत भएको आरोप समेत लगाएका छन् ।



उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएको भन्दै प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिनुका साथै नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरेका छन् ।
यसैबीच, नगरपालिका प्राङ्गणमा आयोजित विरोध कार्यक्रमका सहभागीहरूले नेपालको नक्सा अंकित ब्यानरमा हस्ताक्षर गर्दै राष्ट्रिय एकता र सीमा सुरक्षाको पक्षमा ऐक्यबद्धता जनाएका थिए । ब्यानरमा “नेपालले भारतको जमिन मिचेको छैन” भन्ने नारा लेखिएको थियो ।
उनीहरुले प्रधानमन्त्रीलाई नेपाल–भारत सीमा विवाद तथा सम्बन्धित ऐतिहासिक सन्धि–सम्झौताबारे अध्ययन गर्न आग्रह गर्दै ल्भउब–िक्ष्लमष्ब द्ययचमभच म्ष्कउगतभक, ःबजबपबष् िबलम क्गकतब र ‘लेण्डुपहरुको देश हुन्न’ भन्ने प्रतीकात्मक पुस्तक चन्द्रागिरि नगरपालिकाका कार्यवहाक प्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपालीलाई हस्तान्तरण गरेका थिए । पुस्तक बुझ्दै उपप्रमुख श्रेष्ठले पाँच वाम घटकको माग प्रधानमन्त्री बालेन शाहसमक्ष पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ ।
चन्द्रागिरि नगरपालिकामा रहेका नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तमबहादुर राउत, नेपाल कम्युनिष्ट पार्टी, चन्द्रागिरि नगर कमिटीका अध्यक्ष गोपी सुर्खेती, नेकपा माओवादी, चन्द्रागिरि नगर कमिटी इन्चार्ज श्याम सी, राष्ट्रिय जनमोर्चाका चन्द्रागिरि नगर कमिटी सेक्रेटरी रोशन दानी र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नगर कमिटीका इन्चार्ज सुरेश लामाद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा नेपाल र भारतबीचको सीमा विवाद ऐतिहासिक तथ्य र प्रमाणसँग सम्बन्धित रहेको उल्लेख गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भू–भाग भएको दाबी गरिएको छ ।
पाँच वाम घटकले दोस्रो चरणको आन्दोलन तत्काल घोषणा गर्ने पनि जनाएको छ ।



