सोमबार देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले होलीको अवसरमा खुशी साट्न आह्वान गरेकी छन्। उनले आगामी फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण, स्वच्छ र लोकतान्त्रिक रूपले सम्पन्न गर्न सबै नागरिकलाई आग्रह गरेकी छन्। प्रधानमन्त्रीले आफ्नो कार्यकालको अनुभवलाई देशप्रति जिम्मेवारीको रूपमा लिएको उल्लेख गर्दै भनिन् कि चुनौतीपूर्ण परिस्थितिमा नेतृत्व सम्हाल्नु उनको मातृभूमिप्रतिको कर्तव्य रहेको हो।

निर्वाचनपछि जनताले छानेका प्रतिनिधिले देशको नेतृत्व सम्हाल्ने भएकाले उनले आफूले सधैं न्याय, निष्ठा र पारदर्शितामा काम गर्ने प्रयास गरेको बताइन्। आगामी प्रतिनिधि छनोटमा मतदाताको निर्णयले देशको भविष्य निर्धारण गर्ने प्रधानमन्त्रीको भनाइ छ। उनले सबैमा शान्तिपूर्ण मतदान र जिम्मेवार सहभागिताको महत्व याद गराउँदै नागरिकलाई जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय