प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन प्रस्थान गर्ने भएका छन्। उनी चीनको तियान्जिनमा आयोजना हुने सांघाई कोअपरेसन अर्गनाइजेसन (एसिओ) शिखर सम्मेलनमा सहभागी हुन जाने परराष्ट्र मन्त्रालयले बुधबार जानकारी दिएको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा हुने यस भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा, आर्थिक सल्लाहकार डा.युवराज खतिवडा तथा परराष्ट्रका अधिकारीसमेत सहभागी हुनेछन्।

परराष्ट्रका अनुसार प्रधानमन्त्री ओलीले सोमबार हुने एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन्। सो अवसरमा सहभागी राष्ट्रप्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता पनि हुने बताइएको छ। भ्रमण क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग तियान्जिनमा विशेष भेटवार्ता गर्नेछन् भने मंगलबार बेइजिङमा उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमणको अन्तिम दिन बुधबार प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजना हुने जापानी आक्रमणविरुद्धको युद्ध विजयको ८०औँ वार्षिकोत्सवको स्मृति कार्यक्रममा सहभागी हुने र सोही दिन स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय