लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा साबिक उपविजेता त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । सिद्धार्थ रंगशालामा आज भएको खेलमा बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरले हराउँदै आर्मीले शान्दार सुरुवात गरेको हो । २६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रन बनाएर अलआउट भयो । बागमतीका विवेक मगरले ५१ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन् । आर्मीका शाहब आलमले ४ र आकाश चन्दले ३ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा २६२ रन बनायो । आर्मीलाई बलियो स्थितिमा पुर्याउन ओपनर सन्तोष कार्कीले सर्वाधिक ७६ रन बनाए । बलिङमा बागमतिका रिजन ढकाल र प्रतिश जिसिले समान २९२ विकेट लिए । पहिलो खेलमा एपिएफसँग हारेको बागमतीको यो दोस्रो हार हो ।



पहिलो खेलमा हारेको सुदूरपश्चिम प्रदेशले आज गण्डकी प्रदेशलाई ६ विकेटले हराएको छ । दाङको देउखुरी क्रिकेट रंगशाला लमहीमा २२१ रनको विजयी लक्ष्य सुदूरपश्चिमले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । सुदूरपश्चिमलाई जित दिलाउन किरण ठगुन्नाले शतकीय पाली खेले । जारी प्रतियोगितामा यो पहिलो शतक हो । १०१ बलको सामना गरेका किरणले ९ चौका र ६ छक्काको मद्दतमा नटआउट १२१ रन बनाए । यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले पुरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २२० रन बनायो । गण्डकीका लागि दीपक डुम्रेले सर्वाधिक ६० रनको अर्धशतकीय पाली खेले । बलिङमा सुदूरपश्चिमका शेर मल्लले ३ र नारायण जोशीले २ विकेट लिए ।
आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै साबिक विजेता नेपाल पुलिस क्लबले सुखद सुरुवात गर्यो । भैरहवाको एक्सट्राटेक ओभलमा २५० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पुरै ५० ओभरमा ९ विकेट गुमाएर १६२ रनमात्र बनाउन सक्यो । लुम्बिनीका मध्येक्रमका प्रज्वल थापाले ७२ रनको अर्धशतकीय पाली खेलेपनि जितका लागि पर्याप्त भएन । लुम्बिनीविरुद्ध सहज जित निकाल्न सागर ढकालले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २(२ विकेट लिए । यसअघि, टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २४९ रन बनायो । पुलिसका ओपनर कुशल भुर्तेलले ५९ र आरिफ शेखले ५६ रन बनाए । लगातार दोस्रो जितको खोजीमा रहेको लुम्बिनीका लागि बलिङमा कृष्ण कार्की र अजय चौहानले समान ३९३ विकेट लिए ।



