गण्डकी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । आज दाङको लमही क्रिकेट मैदानमा गण्डकीले कर्णाली प्रदेशविरुद्ध चार विकेटको जित निकाल्यो ।

नतिजासँगै दुवै टोलीको दुई खेलबाट समान दुई अंक भएको छ । पहिलो खेलमा कर्णालीले सुदूरपश्मि प्रदेशलाई ७९ हराउँदा गण्डकी सुदूरपश्चिमसँग ६ विकेटले पराजित भएको थियो । कर्णालीले प्रस्तुत गरेको ९२ रनको लक्ष्य गण्डकीले २९ दशलमव १ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि दीपक डुम्रेले ७८ बलमा अविजित ५० रनको योगदान दिए । यसैगरी सुजन गौतम २२ रनमा अविजित रहे । दीपक र सुजनबीच सातौं विकेटका लागि अविजित ७३ रनको साझेदारी गरे । कर्णालीका लागि कप्तान दिवान पुनले तीन, दीपेन्द्र रावतले दुई तथा युनिशविक्रम ठकुरीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७ दशलमव २ ओभरमा सबै विकेट गुमाउँदै ९१ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि विपिन शाहीले २०, अर्जुन घर्तीले १७, विपिन रावलले १५ र हिमान्शु शाहीले १२ रन बनाए । गण्डकीका लागि चन्द्र पौडेल, सुवास भण्डारी, कप्तान विपिन खत्रीले समान दुई तथा सन्दीप पराजुली र अमृत गुरुङले समान एक विकेट लिए ।

अहिले अर्को खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ सय ८५ रनको विशाल लक्ष्य दिएको छ । जवाफी ब्याटिङ गरिरहेको कोशी हार नजिक पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय