काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आज उहाँहरूबिच टेलिफोन संवाद हुने भएको हो ।
यसअघि बुधबार नै मोदीसँग कार्कीको टेलिफोन संवाद हुने भनिएको थियो । तर, बुधबारको संवाद रोकिएको बारे मन्त्रालयलयले अनभिज्ञता जनाएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर मोदीको सन्देश सुनाएका थिए ।






