रवि लामिछाने ले प्रधानमन्त्री बालेन्द्र शाह छिट्टै प्रतिनिधिसभामा उपस्थित भएर उठेका प्रश्नको जवाफ दिने बताएका छन् । बिहीबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति लामिछानेले प्रधानमन्त्रीको उपस्थितिबारे छिट्टै जानकारी हुने बताए ।
प्रधानमन्त्री संसद्मा नआउँदा आफूलाई दबाब परेको हो भन्ने प्रश्नमा उनले आफू कुनै दबाबमा नरहेको स्पष्ट पारे । उनले जनताको अपेक्षाअनुसार सरकारले काम गरोस् भन्ने दबाब भने सधैँ रहने बताए । सभापति लामिछानेले पार्टी अहिले महाधिवेशन केन्द्रित रहेको उल्लेख गर्दै महाधिवेशनमार्फत पार्टीलाई व्यवस्थित र सही दिशामा अघि बढाइने धारणा पनि राखे ।






