धनगढी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लडाकू शिविर प्रकरणको छानविन गर्न चुनौति दिनुभएको छ ।
एमालेको सुदूरपश्चिम प्रदेश स्कुल विभागले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा स्कुल विभाग प्रमुख समेत रहनु भएका उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीलाई लडाकू शिविर प्रकरणको फाइल अघि बढाउन चुनौति दिनुभएको हो । सरकार प्रचारात्मक काम मात्र गरिरहेको भन्दै आपत्ति जनाउनु भएको थियो । उहाँ भन्नुहुन्छ, भुटानी शरणार्थी र ललिता निवास प्रकरणका फाइल मात्र किन खुलिरहेको छ, लडाकू शिविरको छानबिन गर्ने सक्ने आट छ भन्दै प्रश्न गर्नुभएको थियो ।



यस्तै उहाँले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको बाबु–छोराको नाम पनि सुन तस्करीमा जोडिँदा सरकारले छानबिन गर्न आनाकानी गरेको दाबी गर्नुभयो । सत्ता टिकाउनको लागि सत्ता गठबन्धनले घटिया काम गर्न पनि पछि नपरेको उहाँको आरोप थियो ।



