काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जाँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकामा प्रधानमन्त्री दाहाल जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति हामिद अंसारी र समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भ्रमणको क्रममा दाहाल र मोदीले द्वीदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने छन् ।



प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, नेपाल सरकारका उच्च अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको सहभागिता रहने छ । प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेसँगै दाहालको यो पहिलो विदेश भ्रमण हो ।



