प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच आज अपरान्ह भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्वन्ध र हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री दाहालसँग नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरु पनि सहभागी भएका थिए । प्रधानमन्त्री दाहालले आजै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गरेका छन् ।






