प्रधानसेनापति प्रभुराम शर्माले आफू र प्रधानमन्त्री पुष्पकमल दाहालबीच कुनै गोप्य सम्झौता नभएको स्पष्ट पारेका छन् । मंगलबार जङ्गी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रममा उनले आफू राजदूतको नियुक्तिमा जान लागेको भन्ने प्रचार पूर्णतः गलत रहेको पनि बताएका हुन । सो क्रममा प्रधान सेनापति शर्माले आफूले कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने काम नगरेको उल्लेख गरे ।

योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको भन्ने ‘दुस्प्रचार’भएको उनको गुनासो थियो । प्रधान सेनापति शर्माले संस्थागत हित नै आफ्नो एक मात्र स्वार्थ रहेको भन्दै उनले विधि, पद्धति र प्रक्रियाविपरीत कसैसँग कुनै सम्झौता नगर्ने समेत बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय