प्रधानमन्त्री पुष्पकमल दाहालले आज दिउँसो राष्ट्रका नाममा पाँच बजे सम्बोधन गर्ने भएका छन । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेका अवसरमा उनले सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको हो । दाहाल विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे प्रधानमन्त्री दाहालले सम्बोधनमार्फत जानकारी दिने सचिवालयले जनाएको छ ।

एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी , राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका दलहरूको समर्थनमा अघिल्लो वर्षको पुस १० गते दाहाल प्रधानमन्त्री नियुक्त भएका हुन । नेपाली कांग्रेससहित २०७९ को आमनिर्वाचनअघिको गठबन्धनलाई दाहालले निरन्तरता दिएपछि एमाले, राप्रपासहितका दलहरू सरकारबाट अलग भएर उनले सरकारको नेतृत्वलाई निरन्तरता दिएका हुन । दाहाल नेतृत्वको सरकारमा प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दल सहभागी छन् । तेस्रो पटक कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगे पनि दाहाल नेतृत्वको सरकारले वर्ष दिन पूरा गरेको यो पहिलो पटक हो । यसअघि दाहालले एक वर्षभन्दा कम समय सरकारको नेतृत्व गर्ने अवसर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय