प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेर प्रधानमन्त्री दाहालले पशुपतिनाथको मन्दिरमा दर्शन गरेका हुन् । त्यस क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए । सो क्रममा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री दाहाललाई पशुपतक्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा जानकारी गराएका थिए । एकसाता अघि भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले उज्जैनको महाकालेश्वोर मन्दिरको दर्शन र पूजा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय