काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई ग्रेट हल अफ दि पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । प्रधानमन्त्री दाहाललाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो । आजै बिहान बेइजिङस्थित ग्रेट हल अफ दि पिपलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच भेटवार्ता भएको छ । भेटवार्तामा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । चीन र नेपालबीच विद्युत, कृषि, सडक पूर्वाधार, पर्यटन, सूचना तथा सञ्चार लगायतका १३ वटा विषयमा सम्झौता भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय