प्रधानमन्त्री पुष्पकमल दाहाल आज पश्चिम रुकुम पुगेका छन । नेकपा माओवादी केन्द्रले आयोजना गरेको सहिद भेलालाई सम्बोधन गर्न उनी हेलिकप्टरमार्फत रुकुम पुगेका हुन । उनले रुकुममै जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा समेत सहभागिता जनाएका छन ।

प्रधानमन्त्री दाहालले सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री दाहालसँगै माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि रुकुम पुगेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय