काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री शाहले आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाइदिन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयले गेटा मेडिकल कलेजमा विश्वविद्यालय सञ्चालन गराउन र सुदूरपश्चिमको समग्र विकासका सवालमा छलफल भएको जनाएको छ ।






