काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने भएको छ ।
प्रधानमन्त्री शाहले सिंहदरबारमा बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो ३ बजे चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



यसअघि प्रधानमन्त्री शाहले गत चैत २५ गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्री शाहले भेट्न अस्वीकार गर्नुभएको थियो ।



