काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र सुदूरपश्चिम प्रदेशका सांसदहरूबीचको छलफल जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे सुरु भएको छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवलयले जानकारी दिएको छ ।



प्रधानमन्त्रीसँगको भेटमा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागि छन् ।



