प्रधानमन्त्री सुशीला कार्कीले आज देशभरिका राजनीतिक दल र नागरिक प्रतिनिधिसँग विशेष छलफल कार्यक्रम सञ्चालन गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले छलफलमा समसामयिक राजनीतिक, सामाजिक र विकास परियोजनासम्बन्धी विषयमा सुझाव र विचार आदान–प्रदान गर्नु भएको छ।छलफलमा सहभागीहरूले नीति निर्माणमा सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको र निर्णय प्रक्रियामा पारदर्शिता हुनु पर्ने कुरा औँल्याएका थिए। प्रधानमन्त्रीले समावेशी निर्णय र दीर्घकालीन विकासका लागि संवाद जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

कार्यक्रममा प्रमुख राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा नागरिक समाजका सक्रिय सदस्यहरूले विचार राखेका थिए। प्रधानमन्त्री कार्कीले छलफललाई आगामी योजनाको रणनीति निर्माणमा महत्वपूर्ण कदमको रूपमा महत्व दिएको बताउनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय