प्रशासनको चरम लापरबाहीले कैलाली कारागार रक्ताम्मे हुने गरी भयावह घटना भएको भन्दै कैदीबन्दीका आफन्तहरुले आक्रोस पोखेका छन् । शुक्रबार राती कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । धनगढी उपमहानगरपालिका ४, का भरत चौधरीको मृत्यु भएको थियो । गम्भीर घाइते आयुष भट्ट र २४ वर्षीय कर्ण सलामी मगरलाई काठमाडौँ लगिएको छ, भने बाँकी घाइतेहरुको धनगढीमा उपचार भईरहेको छ । घटना पछि घाइते र कारागरमा भएका कैदीबन्दी लाई सहग रुपमा भेट्न नपाएको गुनासो छ ।

शुक्रबार राती कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहबिचको साङ्घातिक झडप हुनुमा सुरक्षा निकायको गम्भिर कमजोरी भएको कैदीबन्दीका आफ्न्तहरुले गुनासो गरेका छन् । बिहीबार नै कैदीहरू बिच एक चरण झडप भएर पाँच जना घाइते हुँदा पनि बेवास्ता गर्दा शुक्रवार ठुलो घटना भएको देखिन्छ । कैदीबिच यो स्तरको वैमनष्यता देखिँदा पनि कारागार प्रशासन, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयले सतर्कता अपनाएको देखिदैन् । मृतकका आफन्तले नै कारागारभित्र सम्भावित अर्को घटना हुने आशङ्का सहितको सूचना पहिले नै दिएको बताएका छन् । तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता नअपनाउँदा ठुलो क्षति हुन पुगेको उनीहरुको गुनासो छ ।

कैलाली कारागारमा भएको घटनामा घाइते भएका कैदीहरु अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । घाइतेहरुको अवस्था बुझ्नका लागि आइतबार बिहानदेखि अस्पताल र कैलाली कारागार पुगेका आफन्तहरु भने उनीहरुलाई प्रत्यक्ष भेट्न नपाएको गुनासो गरेका छन् । कारागारमा भएको घटनाबाट घाइते भएका छोरा भेट्न अस्पताल पुगेका डोटीका कमल बहादुर विकले कारागार तथा प्रहरी प्रशासनकै गल्तीका कारण यो घटना घटेको बताए । महेन्द्रनगरबाट आफन्त भेट्न अस्पताल पुगेकी रमिला खडायत कुँवरले कारागार तथा प्रहरी प्रशासनकै कारण यो घटना घटेको बताइन् ।

शुक्रबार रातिको घटनापछि कैदीबन्दीहरूले कारागारको भित्री भाग पूर्ण रूपमा कब्जा गरेका थिए । मूल गेटमा घरेलु हातहतियार र ढुंगामुडासहित कैदी बन्दी बसेपछि सुरक्षाकर्मीहरू भित्र पस्न सकेका थिएनन् । यद्यपि अवस्था भने सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थिति हिजो जस्तो छैन । अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता कैलाली कारागारमा भएको रक्तपातपूर्ण घटनापछि कारागार विभागले कारागार प्रमुख जेलर वसन्त खत्रीलाई जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा जलान्धर भुसाललाई पठाइएको छ । भुसाल शनिबारै धनगढी गुगेपछि कारागार भित्रको आन्तरिक ब्यवस्थापन लाई ध्यान दिएको र अवस्था पहिले जस्तै नर्मल भईरहेको बताए । कैलालीमा ‘नन्दु सरकार’ भनिने नवीन रावल र जयन्द्र शाह नेतृत्वका दुई समूह पछिल्लो समय गुण्डागर्दीमा संलग्न रहेका केहि प्रहरी अधिकारीहरूले बताएपनि यस लाई सम्बन्धी निकायले स्वीकार गरेको छैन् ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय