मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले सिरहाको इलाका प्रहरी कार्यालय महेशपुरपतारमा कार्यरत प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ साल असार महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषणा गर्दै सम्मान गरेको छ। प्रहरी संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता, निष्ठा र अनुशासनका साथ पूरा गर्दै शान्ति–सुरक्षा कायम, अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मल्ललाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

मल्लको नेतृत्वमा सिरहाको चर्चित आनन्दीदेवी सदाय हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्त पक्राउ गरिएको थियो। त्यस्तै, १८ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी तथा ७ वर्ष पुरानो कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ गर्न समेत सफलता प्राप्त भएको प्रहरीले जनाएको छ।

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रहरी निरीक्षक मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै उनको नेतृत्व क्षमता, व्यावसायिकता र सेवाप्रतिको समर्पणको प्रशंसा गरेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन र सेवाप्रतिको उत्तरदायित्व बढाउने उद्देश्यले ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ कार्यक्रम सञ्चालन हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय