चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले प्राप्त गरेका उपलब्धीलाई रक्षा गर्नु सबैको दायित्व भएको बताउनु भएको छ ।
चितवनको माडीस्थित सोमेश्वर माध्यमिक विद्यालयको स्वर्ण महोत्सबमा अध्यक्ष दाहालले सबैको चिन्ता संविधान, समावेशीता र संघीयताको संरक्षणमा हुनुपर्नेमा जोड दिनुभयो ।



दाहालले सदन छलेर अध्यादेश ल्याउनु उचित नहुने भन्दै सरकारले संविधान र लोकतन्त्रको मर्म विपरीत अध्यादेश ल्याएको आरोप लगाउनु भयो ।



