काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णयको चन्द्रागिरि नगरपालिका वडा नं.३ मा रहेको ‘इजी ब्याग’ ले स्वागत गरेको छ ।

वातावरण मैत्री बायो ब्याग उत्पादन गर्दै आएको इजी ब्यागका सञ्चालक प्रशन्नमान गोपालीले मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रबद्र्धनको उद्देश्यलाई व्यवहारमा उतार्ने गरी प्लाष्टिक प्रतिबन्ध गर्ने निर्णयलाई ऐतिहासिक कदम भएको बताएका छन् ।

करिव तीन वर्षदेखि उत्पादन गर्र्दै आएको चन्द्रागिरिको इजी ब्यागले स्थानीय तहमै प्लाष्टिक विस्थापन गर्ने अभियानै सञ्चालन गरेपनि नगरपालिकाको वेवास्ताका कारण सफल हुन नसकेको गोपालीले बताए । अब मन्त्रालयले नै निर्णय गरेपछि आफूहरुको वातावरण स्वच्छ राख्ने अभियानले सार्थकता पाउने गोपालीको विश्वास छ । गोपालीले प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले हाल वातावरणमा भयावह असर पारिरहेको अवस्थामा वैकल्पिक वातावरणमैत्री सामग्रीलाई प्रोत्साहन गर्ने नीतिलाई सरकारले गरेको निर्णयले पर्यावरण संरक्षण तथा मानव स्वास्थ्यको क्षेत्रमा दीर्घकालीन महत्व राख्ने गोपालीले बताएका छन् ।

यसैगरी गरी “नेपाल बायो ब्याग उत्पादक संघ”ले पनि नेपाल सरकारको उर्जा मन्त्रालयले प्लास्टिक प्रतिबन्धको निर्णयलाई “ऐतिहासिक कदम” भन्दै स्वागत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय