काठमाडौं । आज विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व भर यो दिवस मनाइँदै छ ।

नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको छ । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइँदै छ ।
संयुक्त राष्ट्रसंघले हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय